Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देउवा पक्षको रिट सर्वोच्चमा दर्ता, माघ ६ गते पेसी

देउवा पक्षको रिट सर्वोच्चमा दर्ता, माघ ६ गते पेसी

आइतवार , माघ ४, २०८२

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

आज आइतबार तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दर्ता गरेका हुन् ।

रिट दायरका क्रममा खड्कासँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि, मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा लगायतका नेताहरू पनि सर्वोच्च पुगेका थिए ।

सर्वोच्च प्रशासनले रिटको पेसी माघ ६ गतेका लागि तोकेको छ । देउवा पक्षले रिटको पेसी आजै तोकेर सुनुवाइ गरिदिन आग्रह गरेका थिए। तर सर्वोच्च प्रशासनले आजै मुद्दा दर्ता गरेर पेसी तोक्न सम्भव नभएको जानकारी दिएपछि उनीहरू दर्ता गरेर फर्केका हुन्।

उक्त रिट आयोगले दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि आएको हो ।

देउवा समूहले विशेष महाधिवेशन वैधानिक नभएको र त्यसको कुनै राजनीतिक औचित्य नरहेको दाबी गर्दै आयोगको निर्णयविरुद्ध कानुनी लडाइँ अघि बढाएर आफ्नो पक्षको मान्यता सुनिश्चित गर्ने योजना बनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077