Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्चमा, रिट दर्ता हुने प्रक्रियामा

निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्चमा, रिट दर्ता हुने प्रक्रियामा

आइतवार , माघ ४, २०८२

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह सर्वोच्च अदालत पुगेको छ ।

विशेष महाधिवेशनबाट नव निर्वाचित सभापति गगनकुमार थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च पुगेको हो ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्का, विमलेन्द्र निधिलगायतका नेताहरू आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश माग्दै सर्वोच्च गएका हुन्।

अधिवक्ता लक्ष्मी दाहाल रावलका अनुसार रिट निवेदन दर्ता हुने प्रक्रियामा रहेको छ । उनका अनुसार विशेष महाधिवेशन पक्षधरले विधि विधानविपरीत महाधिवेशन बोलाएर नयाँ कार्यसमिति चयन गरेकाले सो महाधिवेशन अवैधानिक करार गर्न माग गरिएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा पुस २७ देखि ३० सम्म चलेको विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको थियो ।

सो कार्यसमितिलाई आयोगले शुक्रबार आधिकारिकता दिने निर्णय गरेको थियो ।

त्यसपछि शनिबार बसेको देउवा समूहको केन्द्रीय कार्यसमिति बैठकले आयोगको निर्णयलाई कानुनी रूपमा चुनौती दिने निर्णय गरेको थियो। सो समूहले गगन थापा र विश्वप्रकाश शर्मा पक्षले आयोजना गरेको विशेष महाधिवेशन वैधानिक नभएको र त्यसको कुनै राजनीतिक औचित्य नरहेको दाबी गर्दै आएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077