Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्वाभिमान पार्टीबाट चुनाव लड्ने मधेसका पूर्वमुख्यमन्त्री सिंहको घोषणा

स्वाभिमान पार्टीबाट चुनाव लड्ने मधेसका पूर्वमुख्यमन्त्री सिंहको घोषणा

आइतवार , माघ ४, २०८२

काठमाडौं । मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वाभिमान पार्टीबाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो घोषणा गरेका हुन् ।

यसअघि जनमत पार्टीबाट सप्तरी २ (१) बाट मधेस प्रदेश सांसदमा निर्वाचित भएका सिंह मधेसको मुख्यमन्त्री बनेका थिए । आगामी निर्वाचन भने स्वाभिमान पार्टीबाट लड्ने उनले बताए ।

'प्रतिनिधिसभा चुनावको लागि माघ ६ गते मनोनयन दर्ता स्वाभिमान पार्टीबाट हुनेछ,' सिंहले फेसबुकमा लेखेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077