Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेशका मुख्यमन्त्री सिंहले दिए पदबाट राजीनामा

मधेशका मुख्यमन्त्री सिंहले दिए पदबाट राजीनामा

मंगलवार , आश्विन २८, २०८२

जनकपुरधाम . मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सदनबाटै राजीनामा घोषणा गरेका छन् ।

मधेश प्रदेश सभामा मंगलबार विश्वासको मतका लागि प्रस्ताव पेस गर्नुअघि उनले सभालाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।

उनले भने- 'म सत्ता र पदक‍ा लागि होइन, जनताका लागि काम गर्न चाहन्छु । जनताको हित र संविधानको रक्षाका लागि यहाँ उभिएको छु । वर्तमान परिस्थितिमा मार्ग प्रशस्त गर्दै म मुख्यमन्त्रीको पदबाट राजीनामा गर्दछु ।'

प्रदेशसभामा विश्वासको मत लिने कार्यसूचीमा बोल्दै सिंहले नेपालको संविधानको धारा १८८ (२) र प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १४३ ९४० अनुसार आफ्नो कदम उठाएको बताए। उनले आफ्नो दल जनमत पार्टीले सरकारलाई आवश्यक समर्थन नदिँदा असन्तुष्टि व्यक्त गरेका छन्।

मुख्यमन्त्रीको पदबाट राजीनामा दिन तयार भए पनि पार्टीले आफूलाई बदनाम गराउन प्रपञ्चमाथि प्रपञ्च रचेको उनको आरोप थियो।

सिंहको राजीनामासँगै मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने अपेक्षा गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077