Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री सतिशकुमार

आज विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री सतिशकुमार

मंगलवार , आश्विन २८, २०८२

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।

जनमत पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेले समर्थन फिर्ता लिएपछि सिंह संविधानको धारा १८८ अनुसार विश्वासको मत लिन बाध्य भएका हुन् ।

प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री सिंहले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने छन्।

राजनीतिक दलहरूले सिंहलाई नैतिक रूपमा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने माग गर्दै आएका थिए । तर उनले सो माग अस्वीकार गर्दै प्रतिनिधिमार्फत बहुमतको परीक्षण गर्नुपर्ने लोकतान्त्रिक अभ्यास भन्दै विश्वासको मत लिन निर्णय गरेका हुन् ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन चर्किएको समयमा मुख्यमन्त्री सिंहले राजीनामा घोषणा गरेका थिए। तर, अन्तरिम सरकार गठनको प्रक्रिया अघि बढेसँगै उनले राजीनामा फिर्ता गर्दै पुनः पदमा रहने अडान लिएका थिए।

अब सिंहले आजको बैठकमा बहुमत प्राप्त गर्न नसके उनको सरकार स्वतः अल्पमतमा पर्नेछ, जसपछि मधेश प्रदेशमा नयाँ राजनीतिक समीकरण बन्ने सम्भावना बलियो बनेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077