काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे बस्न लागेको हो ।
पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा आयोजना हुने यो बैठकमा मुख्य रूपमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी, प्रत्यक्षतर्फका उम्मेदवार छनोट र समसामयिक राजनीतिक विषयमा छलफल हुने रास्वपाले जनाएको छ ।
निर्वाचन आयोगले माघ ६ गते प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको समय तोकेकाले दलहरू उम्मेदवार टुंगो लगाउने क्रममा व्यस्त छन् ।