Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देउवालाई आभार व्यक्त गर्दै कांग्रेसले भन्यो- पार्टीमा पुर्‍याएको योगदानप्रति उच्च सम्मान छ

देउवालाई आभार व्यक्त गर्दै कांग्रेसले भन्यो- पार्टीमा पुर्‍याएको योगदानप्रति उच्च सम्मान छ

शनिवार , माघ ३, २०८२

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीमा गरेको नेतृत्वप्रति आभार व्यक्त गरेको छ ।

आज बसेको पार्टीको नव निर्वाचित केन्द्रीय कार्य समितिको बैठकले देउवाले पार्टीमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै आभार व्यक्त गरेको हो ।

उनले पार्टीमा पुर्‍याउनु भएको योगदानको मूल्यांकन गर्दै बैठकले आभार व्यक्त गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

उनले भने- 'यो अवस्थामा विशेष गरेर पार्टीमा निष्क्रिय रहनु भएका हाम्रा साथीहरू, विभिन्न कारणले पार्टी छाड्नु भएका साथीहरूलाई हामी फेरी पनि पार्टीमा जोडिनका लागि यो बैठकले आह्वान गरेको छ । त्यसैगरी हाम्रा आदरणीय पूर्व सभापति श्री शेरबहादुर देउवाज्यूले लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व लिनु भयो । योगदान पुर्‍याउनुभयो । उहाँको हार्दिकतापूर्वक उच्च कदर गर्दै उच्च मूल्यांकन गर्दै उहाँका प्रति हार्दिक आभार व्यक्त गर्ने निर्णय यो बैठकले गरेको छ ।'

त्यसैगरी बैठकले पदमा नरहेर पनि पार्टीमा नेतृत्व प्रदान गर्दै आएका नेताहरुबाटआगामी दिनमा पनि अभिभावकीय भूमिका अझ बढी सक्रिय भएर लाग्न आग्रह गरेको छ ।

बैठकले कुनै पनि अप्राकृतिक गठबन्धन र सत्ताका लागि सम्झौता नगर्ने प्रतिबद्धता समेत व्यक्त गरेको प्रवक्ता चालिसेले बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077