Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओली भन्छन्- लोकतन्त्र बचाउन आगो लगाउनेहरूलाई निर्वाचनमा हराउनुपर्छ

ओली भन्छन्- लोकतन्त्र बचाउन आगो लगाउनेहरूलाई निर्वाचनमा हराउनुपर्छ

शुक्रवार , माघ २, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आगो लगाउनेहरूलाई निर्वाचनमा हराउनुपर्ने बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एमालेको राजधानी प्रदेश घोषणा सभालाई सम्बोधन गर्दै लोकतन्त्र बचाउन आगो लगाउनेहरूलाई आगामी निर्वाचनमा पराजित गर्नुपर्ने बताएका हुन् ।

उनले संविधान, राजनीति, राजनीतिक दलका नेताहरूविरुद्द नचाहिने तत्वले देशमा आतंक फैलाउने काम गरिरहेको पनि बताए।

ओलीले भने- 'लोकतन्त्र बच्यो भने प्रतिस्पर्धा गर्ने हो। लोकतन्त्र बचेन भने केमा प्रतिस्पर्धा गर्ने हो ? हामीले चिन्नुपर्ने र पराजित गर्नुपर्ने आगो लगाउनेहरू हुन्। लोकतन्त्रविरोधी संसद् विघटनकर्ताहरू, देशलाई अलोकतान्त्रिक अवस्थामा धकेल्ने तत्वहरू हुन्। संविधान चाहिएन, राजनीति चाहिएन। राजनीतिक पार्टीहू चाहिएन, राजनीतिक दलका नेताहरू चाहिएन। देशलाई नीतिविहीन, थितिविहीन अराजकता र आतंकको राज्य बनाउन खोजियो।'

अध्यक्ष ओलीले अवैधानिक लोकतन्त्रविरोधी संसद् विघटनकर्ताहरू र देशलाई अलोकतान्त्रिक अवस्थामा धकेल्ने तत्वहरू भएको बताए।

यस्तै उनले आगामी चुनावसम्म कम्तीमा १० वटा स्ट्याटस लेख्न कार्यकर्तालाई निर्देशन दिए।

उनले थप भने- 'अब हरेकले यो लडाइँ लड्नुपर्छ। कम्तीमा १० वटा मेसेज गर्नुस्, दिनको १० वटा स्ट्याटस लेख्नुस्, राम्रो कुरा लेख्नुस्।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077