Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देउवापक्षीय नेताहरू निर्वाचन आयोगमा, आफूहरु नै आधिकारिक भएको दाबी

देउवापक्षीय नेताहरू निर्वाचन आयोगमा, आफूहरु नै आधिकारिक भएको दाबी

शुक्रवार , माघ २, २०८२

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता दाबी गर्दै संस्थापन सभापति शेरबहादुर देउवा पक्ष बिहानै निर्वाचन आयोग पुगेको छ।

आयोगका अधिकारीहरूसँग कुरा राख्दै देउवापक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नियमित महाधिवेशनको तयारी भइरहेका बेला विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्नु संविधान र लोकतन्त्रमाथिकै प्रहार भएको तर्क गरे।

उनले भने, ‘राष्ट्रिय सभाको उम्मेदवारी दर्ता भइसकेको छ, माघ ११ गते राष्ट्रिय सभाको चुनाव हुँदै छ। यो परिवेशमा जुन खालको एउटा गम्भीर नेपालको संविधानमाथि, नेपालको लोकतन्त्रमाथि, नेपालको परिवर्तनमाथि जुन खालको गम्भीर षड्यन्त्रका संकेतहरू देखिन थालेका छन्, त्यही षड्यन्त्रको एउटा ठुलो संकेतका रूपमा लिएका छौँ।’

उनीहरुले कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई आधिकारिकताका लागि कागजात हस्तान्तरण गरेको छ।

देउवापक्षीय कांग्रेसको आयोग पुगेको टोलीमा कार्यवाहक सभापति खड्का, वरिष्ठ नेता विमलेन्द्र निधि, रमेश लेखक, श्याम घिमिरे, कल्याण गुरुङ, जितजंग बस्नेत डा. शेखर कोइराला लगायतका नेताहरू सहभागी छन् ।

यसअघि बिहीबार गगन थापा नेतृत्वको कांग्रेस पक्षले आयोगमा पुगेर आफूहरु आधिकारिक भएको दाबी गर्दै विशेष महाधिवेशनबारे लिखित र मौखिक जानकारी गराएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077