Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा

देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा

शुक्रवार , माघ २, २०८२

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चर्किँदै जाँदा देउवा समूहका नेताहरू आज निर्वाचन आयोग पुगेका छन् ।

वरिष्ठ नेता विमलेन्द्र निधिको नेतृत्वमा आयोग पुगेको टोलीमा रमेश रिजाल, श्याम घिमिरे, कल्याण गुरुङ, जितजंग बस्नेतलगायतका नेताहरू सहभागी छन् ।

देउवा समूहका नेताहरूले पार्टीको वर्तमान राजनीतिक अवस्था, आन्तरिक निर्णय प्रक्रिया र निर्वाचनसम्बन्धी विषयमा आयोगको ध्यानाकर्षण गराउने उद्देश्यले आयोग पुगेको बताइएको छ ।

कांग्रेसभित्र पछिल्लो समय देखिएको शक्ति संघर्ष र निर्णयको वैधानिकताबारे असन्तुष्टि बढिरहेका बेला देउवा समूहको यो कदमलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

यसैबीच, कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले निर्वाचन आयोग घेर्ने घोषणा गरेको छ । तरुण दलले पार्टीभित्रका निर्णयहरू एकपक्षीय र अलोकतान्त्रिक भएको आरोप लगाउँदै दबाबमूलक आन्दोलनको चेतावनी दिएको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077