Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रविसँगको एकतालाई कुलमानले दिए दुर्घटनाको संज्ञा, भने - पार्टी सफा र चोखिएर आउन सफल भयो

रविसँगको एकतालाई कुलमानले दिए दुर्घटनाको संज्ञा, भने - पार्टी सफा र चोखिएर आउन सफल भयो

बिहिवार , माघ १, २०८२

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हालै पार्टीले भोगेको संकटपछि आफूहरू अझ सफा, चोखो र दृढ भएर अघि बढ्न सफल भएको बताएका छन् ।

बिहीबार काठमाडौंमा राष्ट्रिय परिवर्तन पार्टी (युनाइटेड जेनजी)सँग एकताको घोषणा गर्दै घिसिङले करिब १२ दिन पार्टी ‘दुर्घटनामा’ परेको अवस्थाबाट गुज्रिनुपरेको स्मरण गरे ।

अँध्यारो अवस्थाबाट बाहिर निस्किन ती १२ दिन अत्यन्तै कठिन भए पनि त्यसले पार्टीलाई आत्मशुद्धिकरणको अवसर दिएको उनको भनाइ थियो।

“पार्टी सफा भएर निस्किएको छ। अब देशलाई पनि सफा र उज्यालो बनाउने अभियानमा गम्भीरताका साथ लाग्छौं,” घिसिङले भने। उनले उज्यालो नेपाल पार्टी नयाँ राजनीतिक शक्तिको प्रतिनिधि भएको दाबी गर्दै अहिलेका अधिकांश दल पुरानो सोच र संरचनामा सीमित भइसकेको टिप्पणी गरे।

कार्यक्रममा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ र राष्ट्रिय परिवर्तन पार्टी (युनाइटेड जेनजी) का अध्यक्ष राजेश पोर्तेलबीच औपचारिक रूपमा सहमतिपत्र आदानप्रदान गरिएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077