Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सभापति गगनको नेतृत्वमा घोषणा पत्र लेखन समिति गठन

सभापति गगनको नेतृत्वमा घोषणा पत्र लेखन समिति गठन

बिहिवार , माघ १, २०८२

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि घोषणापत्र निर्माण समिति गठन गरेको छ ।

आज बसेको गगन नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि बोल्दै सो पार्टीका प्रवक्ता देवराज चालिसेले गगनको नेतृत्वमा घोषणापत्र निर्माण समिति गठन गरेको जानकारी दिए ।

‘पार्टी सभापति गगन थापाको नेतृत्वमा घोषणापत्र निर्माण समिति गठन गरिएको छ । उक्त समितिले समयानुकुल र युवामैत्री घोषणापत्र निर्माण गर्नेछ,’ उनले भने ।

यस्तै आगामी निर्वाचनका लागि निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारी सो पार्टीका उपसभापति विश्वप्रकाश शर्मालाई दिइएको छ । गाउँगाउँमा पुगेर युवा देखि आम मतदाताहरुलाई पार्टीप्रति आकर्षित गर्ने विश्वाससहित निर्वाचन परिचालन समिति गठन गरिएको उनले बताए ।

त्यस्तै विशेष महाधिवेशन लगायतका विवरणहरु अध्यावधिक गर्ने निर्णय समेत आजको बैठकले गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077