Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस प्रवक्ताको जिम्मेवारी देवराज चालिसेलाई

कांग्रेस प्रवक्ताको जिम्मेवारी देवराज चालिसेलाई

बिहिवार , माघ १, २०८२

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेस प्रवक्ताको जिम्मेवारी देवराज चालिसेलाई दिइएको छ ।

आज बसेको केन्द्रीय समितिको पहिलो बैठकले चालिसेलाई प्रवक्ता तोकेको हो ।

कांग्रेस केन्द्रीय समिति बैठकले महामन्त्रीद्वय र सहायक महामन्त्री फरमुल्लाह मन्सुरलाई निष्कासन गरेपछि भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट अलग्गै नेतृत्व गठन भएको थियो । चालिसे पनि गगन नेतृत्वको कांग्रेस केन्द्रीय सदस्य हुन् ।

अब पार्टीका निर्णय, धारणा र गतिविधिबारे आधिकारिक रूपमा जानकारी गराउने जिम्मेवारी चालिसेले सम्हाल्ने छन् । केन्द्रीय समिति बैठक जारी रहेको छ।

पहिलो बैठकबाट आगामी फागुन २१ मा तय गरिएको निर्वाचनको तयारी लगायतका विविध विषयमा छलफल हुने बताइएको छ । पार्टीको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएकाले कागजात अध्यावधिक गर्ने लगायतका कार्यका लागि निर्वाचन आयोग जाने लगायतका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077