Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यूएईका कलेजमा पढ्न पठाउने नाममा नेपाली विद्यार्थी ठगी, ५ कन्सल्टेन्सी सञ्चालक पक्राउ

यूएईका कलेजमा पढ्न पठाउने नाममा नेपाली विद्यार्थी ठगी, ५ कन्सल्टेन्सी सञ्चालक पक्राउ

बुधवार , पौष ३०, २०८२

काठमाडौं । यूएईका विश्वविद्यालयमा पढ्न पठाउने भनी नेपाली विद्यार्थीबाट रकम असुल्ने कार्यमा संलग्न ५ जना कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पबेस्ट पाथ एजुकेसन प्रालिका कृष्ण थापा, मेर्की एजुकेसनका रामचन्द्र टन्डन, सिटीहब कन्सल्टेन्सीका सुवास सिलवाल क्षेत्री, कान्तिपुर एब्रोड कन्सल्टेन्सीका हेमराज भट्ट र दामोदर ढकाललाई पक्राउ गरेको हो ।

सीआईबीका अनुसार उनीहरूले नेपाली विद्यार्थीलाई यूएईका विभिन्न कलेजमा पठाउने भन्दै ८ लाखदेखि २२ लाख रुपैयाँसम्म लिने गरेको पाइएको छ । विद्यार्थीहरूलाई ठगेर फ्रान्स, अस्ट्रेलिया र अन्य देशका विश्वविद्यालयमा पठाउने झुठा वाचा गर्ने गरेको उजुरीमा उल्लेख छ।

शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र सीआईबीमा १३ जनाले दिएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।सीआईबीले थप अनुसन्धान थालेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077