Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस उपसभापतिमा फरमुल्लाह मन्सुर चयन

कांग्रेस उपसभापतिमा फरमुल्लाह मन्सुर चयन

बुधवार , पौष ३०, २०८२

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनले उपसभापतिमा फरमुल्लाह मन्सुरलाई चयन गरेको छ।

काठमाडौँको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनले मन्सुरलाई पार्टी उपसभापतिमा चयन गरेको हो।

कांग्रेसमा दुई जना उपसभापति रहने व्यवस्था रहेको र तीमध्ये एक जना उपसभापतिमा मन्सुर टुंगो लागेको बताइएको छ ।

उनका अनुसार अर्को उपसभापति चयनका लागि उम्मेदवारहरूसँग छलफल जारी छ।

यसैबीच नेता विश्वप्रकाश शर्माले कुनै पनि पदमा रुचि नदेखाए पनि उनलाई उपसभापति पदमा बस्न गगन थापाले आग्रह गरिरहेको बताइएको छ ।

यसअघि फरमुल्लाह मन्सुर कांग्रेसका सहमहामन्त्री थिए। उनी कांग्रेसको १४औँ महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित भएका थिए।

उता, बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले मन्सुरलाई पार्टी अनुशासन उल्लङ्घन गरेको ठहर गर्दै साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077