Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गगन-विश्वलाई कारबाही लगत्तै अबको परिस्थितिबारे देउवा पक्ष कानुनी परामर्शमा

गगन-विश्वलाई कारबाही लगत्तै अबको परिस्थितिबारे देउवा पक्ष कानुनी परामर्शमा

बुधवार , पौष ३०, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षको केन्द्रीय समितिले महामन्त्रीद्वयलाई कारबाही गरे लगत्तै अबको परिस्थितिबारे कानुनी परामर्श थालेको छ।

छलफलका लागि वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती र उपेन्द्रकेशरी न्यौपानेसहितका कानुन व्यवसायी अहिले सानेपा पुगिसकेका छन्।

अहिले उनीहरूसँग परामर्श भइरहेको स्रोतले जनाएको छ । केन्द्रीय समिति आजको बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ।

यसैबीच निष्काशनमा परेका महामन्त्री थापा भने भृकुटीमण्डमा जारी बन्दसत्रलाई सम्बोधन गर्दै विशेष महाधिवेशनले नेतत्व चयनको प्रक्रिया अघि बढाउने बाटो खुलेको बताएका छन् । विशेष महाधिवेशनले विधिवत र विधानसम्मत नेतृत्व चयन गर्ने भएकाले आफूहरु नै आधिकारीक कांग्रेस भएको उनको दावी छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077