काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पठाएको ८ बुँदे प्रस्तावमा संस्थापन पक्षले जवाफ फर्काएको छ ।
पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले ८ बुँदामध्ये ३ बुँदा स्वीकार गर्न नसकिने भन्दै जवाफ फर्काएका हुन् ।
जसमा सभापति शेरबहादुर देउवा निष्क्रिय हुने प्रस्तावलाई खड्काले खारेज गरेका छन् । सभापतिको अपमानजनक बहिर्गमन मान्न नसकिने उनको जवाफ छ ।
यसैगरी महामन्त्री गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार तोक्न संस्थापन पक्ष तयार छैन ।
यस्तै सहमति कार्यान्वयनका लागि उच्चस्तरीय समिति गठनबारे पनि खड्काले असहमति जनाएका छन् ।