Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस केन्द्रीय समिति बैठक: १५औं महाधिवेशनको नयाँ तालिका ल्याउने प्रस्ताव अनुमोदन

कांग्रेस केन्द्रीय समिति बैठक: १५औं महाधिवेशनको नयाँ तालिका ल्याउने प्रस्ताव अनुमोदन

बुधवार , पौष ३०, २०८२

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक सुरु भएको छ ।

कांग्रेसको विशेष महाधिवेशन पक्षधर नयाँ नेतृत्व चयनको तयारी गरिरहेका बेला संस्थापन समूहलेआह्वान गरेको बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो । बिहान ८ बजे बोलाइएको बैठक ६ घण्टापछि सुरु भएको हो ।

सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक पनि राति साढे ७ बजे सुरु भएलगत्तै आज बिहान ८ बजे बस्ने गरी स्थगित गरिएको थियो ।

सुरु भएलगत्तै बैठकले १५औं नियमित महाधिवेशनको लागि नयाँ कार्यतालिका ल्याउने प्रस्ताव अनुमोदन गरेको छ । यसअघि कार्यसम्पादन समितिले वैशाख २८ गतेदेखि ३१ गतेसम्म पार्टीको १५ औँ नियमित महाधिवेशन गर्ने निर्णय गरेको थियो।

यता भृकुटीमण्डपमा विशेष महाधिवेशनको निर्वाचन कार्यक्रम अघि बढिरहेको छ । महाधिवेशनस्थलमा  सभापतिदेखि केन्द्रीय कार्यसमिति सदस्यका उम्मेदवारसम्मले मनोनयन दिइसकेका छन् । अब त्यहाँ निर्वाचन प्रक्रिया अघि बढिसकेको छ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा जारी बैठकमा सहमहामन्त्री बद्री पाण्डे, कोषाध्यक्ष उमेश श्रेष्ठ, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, ज्ञानेन्द्र कार्की, एनपी साउद, गण्डकीका मुख्यमन्त्री लगायत केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरू सहभागी छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077