Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देउवासंगको छलफल सकिएलगत्तै महामन्त्रीद्वय थापा र शर्मा कानुनी परामर्शमा

देउवासंगको छलफल सकिएलगत्तै महामन्त्रीद्वय थापा र शर्मा कानुनी परामर्शमा

बुधवार , पौष ३०, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंगको छलफल सकिएलगत्तै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कानुनी परामर्श थालेका छन् ।

बुधबार बिहान भएको छलफलमा सभापति देउवाले विद्यमान कानुनले मिल्ने भए प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारलाई टिकट दिँदा अर्कै नेतालाई हस्ताक्षर गर्ने अधिकार दिन आफू तयार रहेको बताएका थिए । भेटमा देउवाले कानुनी प्रावधानको अध्ययन गरेर निर्णय लिन सकिने बताएका थिए ।

देउवाले भनेका थिए- ‘राष्ट्रिय सभा निर्वाचनमा मेरै हस्ताक्षरमा पार्टीका साथीहरूले उम्मेदवारी दर्ता गर्नुभएको छ, प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा पनि मैले नै हस्ताक्षर गरेको छु । अब प्रत्यक्षतर्फको निर्वाचनमा अर्कै साथीलाई हस्ताक्षर गर्ने अधिकार दिन मिल्छ कि मिल्दैन, त्यो कानुनी रूपमा निर्क्योल गरौँ । म तयार छु ।’

सोहि विषयलाई लिएर महामन्त्रीद्वय कानुनविद्सँगको छलफलमा जुटेका हुन् ।

महामन्त्रीद्वयले भृकुटीमण्डपमा आइतबारदेखि नीति र नेतृत्व परिवर्तनको मागसहित विशेष महाधिवेशन अघि बढाएका छन्। तर देउवा समूह र डा. शेखर कोइराला समूहले उक्त महाधिवेशनलाई मान्यता दिएका छैनन्।

विवाद समाधानका लागि त्रिपक्षीय वार्ता समिति गठन गरिएको थियो। तर वार्ता सफल भएन ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा उम्मेदवारी दर्ताको क्रम जारी छ । आकांक्षीहरूलाई मनोनयन दर्ताको क्रममा ‘उम्मेदवारी फिर्ता लिन तयार छु’ भन्ने मन्जुरीनामा फाराममा पनि हस्ताक्षर गराइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077