Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस वार्ता निष्कर्षबिहीन, महामन्त्रीद्वयको देउवासँग मिलेन कुरा

कांग्रेस वार्ता निष्कर्षबिहीन, महामन्त्रीद्वयको देउवासँग मिलेन कुरा

बुधवार , पौष ३०, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा–विश्वप्रकाश शर्माबीच भएको वार्ता निष्कर्षबिहीन बनेको छ ।

विशेष महाधिवेशन र संस्थापन पक्षबीचको वार्ता असफल भएपछि आज बिहान महामन्त्रीद्वय देउवा निवास महाराजगञ्ज पुगेका थिए ।

वार्तामा देउवासँगै कार्यबाहक सभापति पूर्णबहादुर खड्का, बालकृष्ण खाण, दीपक खड्का, रमेश लेखक, प्रकाशशरण महत र डा. मिनेन्द्र रिजाल पनि उपस्थित थिए।

महामन्त्रीद्वयले विशेष महाधिवेशन पक्षधरका मागहरू राखेका थिए, जसमा संसदीय बोर्डमार्फत टिकट वितरण र एमालेलगायत दलसँग चुनावी गठबन्धन नगर्नुपर्ने जोड थियो ।

तर संस्थापन पक्षले देउवाको हस्ताक्षर हटाएर कार्यवाहक सभापति खड्काको हस्ताक्षर राख्न तयार रहेको जवाफ दिएका थिए ।

वार्ता पछि महामन्त्रीद्वय बाहिरिएका छन्, तर सहमति कायम हुन सकेको छैन ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077