Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विशेष महाधिवेशनमा सहमति खोज्दै कांग्रेस, मनोनयन समय फेरि थप

विशेष महाधिवेशनमा सहमति खोज्दै कांग्रेस, मनोनयन समय फेरि थप

बुधवार , पौष ३०, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिले मनोनयन दर्ताको समय बढाएको छ ।

निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार बिहान ८ देखि ९ बजेसम्मका लागि तोकिएको मनोनयन दर्ताको समय ९ः३० बजेसम्म थप गरिएको हो।

निर्वाचन प्रक्रिया र आन्तरिक वार्ता सँगसँगै अघि बढिरहेको अवस्थामा आकांक्षीहरूको सहजताका लागि समय थप गरिएको समितिले जनाएको छ।

पार्टीको आन्तरिक चुनाव भएकाले आवश्यकताअनुसार समय लचक बनाइने बताइएको छ ।

कांग्रेसभित्र नेतृत्व चयनलाई लिएर चलिरहेको वार्ता र सहमतिका प्रयाससँगै निर्वाचन प्रक्रिया पनि अगाडि बढिरहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077