काठमाडौं । नेपाली कांग्रेसका तीन समूहबीच भएको छलफलको प्रस्ताव लिएर देउवा समूहका नेताहरू पार्टी सभापति शेरबहादुर देउवाको निवास पुगेका छन् ।
देउवा समूहका तर्फबाट नेता रमेश लेखक र बालकृष्ण खाँण सभापति देउवाको निवास पुगेका हुन् ।
उनीहरूले अन्य दुई समूहसँग भएको छलफलको प्रस्ताव सभापतिसमक्ष राख्ने र देउवाको धारणा लिएर पुनः छलफलमा सहभागी हुने बताइएको छ ।
पार्टीभित्र जारी विशेष महाधिवेशन र नेतृत्व तथा विधानसम्बन्धी विषयमा सहमति खोज्ने प्रयासस्वरूप तीन समूहबीच निरन्तर संवाद भइरहेको छ।
देउवाको धारणा आएपछि अर्को चरणको छलफल अघि बढ्ने नेताहरूले बताएका छन्।