Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तीन दिनको अन्तरालमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि, कतिमा हुँदैछ कारेबार ?

तीन दिनको अन्तरालमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि, कतिमा हुँदैछ कारेबार ?

मंगलवार , पौष २९, २०८२

काठमाडौं । तीन दिनको अन्तरालमा नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।

आज एक तोला सुनको मूल्य १८ सयले बढेर दुई लाख ७६ हजार ५०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत आइतबार प्रतितोला दुई लाख ७० हजार ६०० मा कारोबार भएको छापावाला सुन सोमबार तोलामा चार हजार १००ले बढेर दुई लाख ७४ हजार ७०० कायम भएको थियो ।

यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा १४५ रुपियाँले बढेर पाँच हजार ३४० कायम भएको छ ।
आइतबार प्रतितोला  ४ हजार ९९० मा खरिदबिक्री भएको एक तोला चाँदीको मूल्य सोमबार पाँच हजार १९५ मा किनबेच भएको थियो ।

अमेरिकी डलरको उतारचढाव तथा विश्वव्यापी आर्थिक अनिश्चितताका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको महासंघले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077