Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोरखापत्र संस्थानको अध्यक्षमा गोविन्द भण्डारी, यस्ता छन् मन्त्रिपरिषद् बैठकका बाँकी निर्णय

गोरखापत्र संस्थानको अध्यक्षमा गोविन्द भण्डारी, यस्ता छन् मन्त्रिपरिषद् बैठकका बाँकी निर्णय

सोमवार , पौष २८, २०८२

काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्तासमेत रहेका संचारमन्त्री जगदिश खरेलले आज बसेको मन्त्रिपरिषद् बैठक निर्णय सार्वजनिक गरेका हुन् ।

खरेलका अनुसार वित्तीय क्षेत्र विकास रणनीति २०८२-०८३ देखि २०८६-०८७ स्वीकृत गर्ने निर्णय गरेको छ ।

यस्तै, गोरखापत्र संस्थानको अध्यक्षमा गोविन्द प्रसाद भण्डारीलाई नियुक्त गर्ने निर्णय पनि भएको छ ।

यस्ता छन् निर्णयहरू 
-अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड) को सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदान अमेरिकी डलर रकम २ लाख ८३ हजार ५०३ अमेरिकी डलर प्रदान गर्न स्वीकृति दिने ।

-वित्तीय क्षेत्र विकास रणनीति २०८२-०८३ देखि २०८६-०८७ स्वीकृत गर्ने ।

-२०२५ मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनीफैया बौद्ध पगैडाको अभिलेखालय र गंगाघाट मन्दिरको पुनर्निमाणका लागि अमेरिकी डलर ३ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने ।

-मानव बेचविखनविरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्ने ।

-गोरखापत्र संस्थानको अध्यक्ष पदमा श्री गोविन्द प्रसाद भण्डारी, भक्तपुरलाई नियुक्त गर्ने ।

-संवत् २०८२ साल माघ ४ गते बिहान ११ बजे संघीय संसद् सचिवालय सिंहदरबारमा संघीय संसद्को राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077