Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

केन्द्रीय समिति नै भंग गर्ने प्रस्तावपछि देउवा त्रसित, बोलाए बैठक

केन्द्रीय समिति नै भंग गर्ने प्रस्तावपछि देउवा त्रसित, बोलाए बैठक

सोमवार , पौष २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका नेताहरुलाई छलफलमा बोलाएका छन् ।

विशेष महाधिवेशनको बन्दसत्र चलिरहँदा सभापति देउवाले आफू निकटका नेताहरुलाई छलफलका लागि आफ्नै निवासमा बोलाएका हुन् ।

बैठक महाराजगञ्जस्थित देउवा निवासमा ३ बजे बस्नेछ ।

आजै विशेष महाधिवेशनले देउवा नेतृत्वको कार्यसमितिलाई भंग गरी नयाँ निर्वाचनमार्फत् नेतृत्व चयन गर्ने प्रस्ताव गरिसकेको छ ।

विशेष महाधिवेशनमा संस्थापन पक्षकै धेरै महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेपछि त्रसित बनेका देउवाले त्यसबारे थप छलफल गर्न बैठक बोलाएका हुन् ।

हिजो पनि महाधिवेशनको उद्घाटन समारोह चलिरहँदा देउवाले आफूनिकट नेताहरूलाई आफ्नो निवास महाराजगञ्जमा बोलाएका थिए ।

छलफल पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खडका र केन्द्रीय सदस्य रमेश लेखकलगायतका नेता सहभागी थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077