Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहँदा देउवाले निवासमै बोलाए नेताहरुलाई

भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहँदा देउवाले निवासमै बोलाए नेताहरुलाई

आइतवार , पौष २७, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरूलाई छलफलका लागि निवासमै बोलाएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोह चलिरहँदा देउवाले आफूनिकट नेताहरूलाई आफ्नो निवास महाराजगञ्जमा बोलाएका हुन् ।

छलफलका लागि पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खडका र केन्द्रीय सदस्य रमेश लेखक भने यसअघि नै महाराजगञ्ज पुगेका थिए ।

उनीहरुबीच छलफल भइरहँदा अन्य नेताहरूलाई पनि बोलाइएको स्रोतले जनाएको छ ।

यता भृकुटीमण्डमा भने ५० प्रतिशत भन्दा बढी प्रतिनिधिले नाम दर्ता गराइसकेका छन् । जसले गर्दा देउवा पक्ष अल्पमतमा पर्ने सम्भावना छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077