Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कुलमानलाई अगुवा मानेको बताउने रिमा विश्वकर्माले छाडिन् उज्यालो नेपाल

कुलमानलाई अगुवा मानेको बताउने रिमा विश्वकर्माले छाडिन् उज्यालो नेपाल

आइतवार , पौष २७, २०८२

काठमाडौं । कुलमान घिसिङको उज्यालो नेपालको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा परेकी अभेनेतृ समेत रहेकी रिमा विश्वकर्मा रास्वपामै रहने भएकी छन् । रास्वपाले आइतबार अद्यावधिक गरेको समानुपातिक उम्मेदवारहरूको बन्दसूचीमा उनको नाथ यथावत् राखिएपछि रिमाले कुलमानसँगको साथ छाडेको प्रष्ट भएको हो ।

विश्वकर्मा दलित क्लस्टरतर्फ महिलाको सुरूआती सूचीमा छिन्। उज्यालो नेपालका तर्फबाट रास्वपाको समानुपातिक सूचीमा परेकी विश्वकर्मा र डा. अभिषेक राज सिंहले रास्वपामै रहने भएका हुन् ।

विश्वकर्मा पार्टी स्थापनादेखि नै उज्यालो नेपालको अभियानको अग्रभागमा देखिँदै आएकी थिइन्, तर रास्वपासँग एकता भङ्ग भएपछि उज्यालो पार्टीले गरेको पत्रकार सम्मेलनमा उनलाई देखिएन ।

उज्यालो नेपालका एक केन्द्रीय सदस्यका अनुसार रिमा पार्टी बैठकमा उपस्थित भएकी थिइन्, तर छोटो समय बसेर फर्किएकी थिइन् ।

उज्यालो नेपालको पार्टी घोषणा कार्यक्रममा ‘लोडसेडिङ हटेकै दिन कुलमानलाई अगुवा मानेको’ बताएकी विश्वकर्मा अन्तत रास्वपामै बसेकी हुन् ।

पार्टिको घोषणा कार्यक्रममा उनले भनेकी थिइन्–‘देशले परिणाममुखी नेतृत्व खोजिरहेको छ । म जन्मिएदेखि जब राजनीतिक चेत ममा आयो । यो देशमा सरकारमा बसेर कसैको नेतृत्वले मेरो जीवन र दैनिकीमा प्रत्यक्ष प्रभाव पारेको थियो र असर गरेको थियो भने त्यो लोडसेडिङको निर्णय थियो ।’

सक्रिय राजनीतिमा सहभागी हुने यो नै उपयुक्त समय रहेको बताएकी उनले भनेकी थिइन–‘मैले त्यही दिन कुलमान घिसिङलाई आफ्नो अगुवा मानेको थिएँ । १८ घण्टे लोडसेडिङ हटाएर कुलमान जोजोले तपाईं हाम्रो घरमा उज्यालो त ल्याइसक्नुभयो । अब उहाँकै नेतृत्वमा हामी देशको भविष्य उज्यालो बनाउने अभियानमा लागेका छौं । यो अभियान देशलाई माया गर्ने हरेक नेतृत्वको हो ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077