Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस विशेष महाधिवेशन: ४८८ प्रतिनिधिले गराए नाम दर्ता, कुन प्रदेशबाट कति ?

कांग्रेस विशेष महाधिवेशन: ४८८ प्रतिनिधिले गराए नाम दर्ता, कुन प्रदेशबाट कति ?

आइतवार , पौष २७, २०८२

काठमाडौं । काठमाडौको भृकुटीमण्डपमा आजदेखि नेपाली कांग्रेसको विशेष महाधिवेशन हुँदै छ।

जसका लागि अहिलेसम्म ४८८ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराइसकेका छन्।

कोशीबाट ८३, मधेसबाट ८२, बागमतीबाट ६२, गण्डकीबाट ८०, लुम्बिनीबाट १२२, सुदूरपश्चिमबाट ३० र भ्रातृ शुभेच्छुकरजनसम्पर्कबाट २९ बाट प्रतिनिधिले नाम टिपाइसकेका छन्।

सातै प्रदेशका छुट्टाछुट्टै स्टल राखेर बिहान ८ बजेदेखि महाधिवेशन प्रतिनिधिको नाम दर्ता भइरहेको छ।

नाम दर्ता शुल्क १ हजार राखिएको छ। नाम दर्तापछि प्रतिनिधिले झोला र कार्ड पाउनेछन्।

देशभरमा गरेर कांग्रेसका कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि छन्। विशेष महाधिवेशनमा ६० प्रतिशतभन्दा बढी प्रतिनिधि सहभागी हुने आयोजक पक्षको दाबी छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077