चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोले बगाएको एक बसको टुक्रा डेढ वर्षपछि फेला परेको छ।
चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा २०८१ असार २८ गते
पहिरोले बगाउँदा दुई वटा बस त्रिशुलीमा खसेर बेपत्ता भएका थिए।
उक्त बसहरु वीरगन्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बर र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरका थिए । दुवै बसहरुमा सवार ६५ यात्रु मध्ये ३५ यात्रु अझैसम्म फेला परेका छैनन्।
खसेका दुई बसमध्ये एउटा निलो रंगको बसको टुक्रा आज पुरिएको अस्थामा फेला परेको छ ।
सिमलतान नजिकै तनहुँ तर्फको बगरमा बसको टुक्रा भेटिएपछि त्यसतर्फ प्रहरी परिचालन गरिएको चितवन प्रहरीले जनाएको छ ।