Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेपाल र भारतबीचको सहकार्य अब एआई र सूचना प्रविधि क्षेत्रमा पनि हुन्छ : जयशंकर

नेपाल र भारतबीचको सहकार्य अब एआई र सूचना प्रविधि क्षेत्रमा पनि हुन्छ : जयशंकर

शनिवार , जेठ २३, २०८३

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल–भारत सम्बन्ध अब परम्परागत क्षेत्रमै सीमित नरही कृत्रिम बुद्धिमत्ता (एआई), सूचना प्रविधि र स्टार्टअप क्षेत्रसम्म विस्तार हुने बताएका छन् ।

नयाँ दिल्लीमा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका परराष्ट्रमन्त्री शिशिर खनाल लाई स्वागत गर्दै जयशंकरले दुई देशबीचको सहकार्यलाई नयाँ आयाममा लैजाने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

स्वागत मन्तव्यका क्रममा उनले नेपाल–भारत सम्बन्ध जनस्तर, सांस्कृतिक आदानप्रदान र व्यापारिक साझेदारीमा मात्र सीमित नरहेको उल्लेख गर्दै अब प्रविधि र नवप्रवर्तनका क्षेत्रमा समेत सहकार्य विस्तार गरिने बताए ।

“नेपाल र भारतको सम्बन्ध जनस्तर, संस्कृति र व्यापारमा मात्रै सीमित नरही अब अझ अघि बढ्नेछ। एआई, सूचना प्रविधि तथा स्टार्टअपका क्षेत्रमा समेत आपसी सम्बन्ध र सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउनेछौं,” जयशंकरले भने।

उनले दुई देशबीचको राजनीतिक सम्बन्ध पनि पछिल्ला वर्षहरूमा थप सुदृढ बन्दै गएको उल्लेख गरे । यस क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने को हालै सम्पन्न भारत भ्रमणको चर्चा गर्दै त्यसले द्विपक्षीय राजनीतिक सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे।

जयशंकरका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल–भारत सम्बन्धलाई आपसी हित र सहकार्यका आधारमा अगाडि बढाउन सदैव प्रतिबद्ध छन्।

उनले यसअघि मौरिसस मा परराष्ट्रमन्त्री खनालसँग भएको भेटवार्ता फलदायी रहेको स्मरण गर्दै नयाँ दिल्लीमा नेपाली प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुसी लागेको बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077