Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बालेन सरकारले भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको परराष्ट्रमन्त्री खनालको दाबी

बालेन सरकारले भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको परराष्ट्रमन्त्री खनालको दाबी

शनिवार , जेठ २३, २०८३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले बालेन्द्र शाह नेतृत्वको सरकारले भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

उनले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ, पारदर्शी र रूपान्तरणकारी बनाउने दिशामा सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।

भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा आयोजित द्विपक्षीय वार्तामा प्रारम्भिक मन्तव्य राख्दै मन्त्री खनालले नेपालको आधुनिक विकास र आर्थिक रूपान्तरणका लागि भारतसँगको साझेदारीलाई सरकारले विशेष महत्त्व दिएको बताए ।

‘हामीसँग द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने महत्वपूर्ण अवसर छ। भारत नेपालको प्रमुख व्यापारिक साझेदार मात्र नभई निकटतम छिमेकी पनि भएकाले सरकारले भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको छ,’ मन्त्री खनालले भने।

उनले नयाँ सरकारले आपसी विश्वास, पारदर्शिता र साझा हितका आधारमा भारतसँगको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन चाहेको उल्लेख गरे।

नेपालले विकास, पूर्वाधार, ऊर्जा, व्यापार तथा क्षेत्रीय सहकार्यका विविध क्षेत्रमा भारतसँग मिलेर काम गर्न इच्छुक रहेको उनको भनाइ थियो।

भारत सरकारले भ्रमणका क्रममा देखाएको आतिथ्य र सद्भावप्रति धन्यवाद व्यक्त गर्दै मन्त्री खनालले भारत सरकार तथा भारतीय जनताप्रति आभार प्रकट गरे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077