Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सिमलतालमा भेटिएको बसको अवशेष 'गणपति डिलक्स' भएको पुष्टि

सिमलतालमा भेटिएको बसको अवशेष 'गणपति डिलक्स' भएको पुष्टि

मंगलवार , पौष २९, २०८२

चितवन। चितवनको भरतपुर-२९ सिमलतालस्थित डेढ वर्षअघि पहिरोमा बगेर त्रिशूली नदीमा हराएका दुई बसमध्ये एक गणपति डिलक्स रहेको पुष्टि भएको छ ।

तीन दिनदेखि निरन्तर उत्खनन गर्दा मंगलबार सशस्त्र प्रहरी बलको टोलीले सिमलताल दुर्घटनामा परेको बस नै रहेको पुष्टि भएको हो ।

२०८१ असार २८ गते बिहानपख काठमाडौँबाट गौर जाँदै गरेको प्रदेश ०३-००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस नारायणगढदेखि २२ किलोमिटर पूर्वोत्तर सिमलतालमा पहिरोमा बग्दै त्रिशूलीमा खसेर बेपत्ता भएको थियो ।

दुवै बसका ६५ यात्रुमध्ये बस नदीमै पुगे पनि गणपति यातायातको बसमा सवार तीन यात्रु पौडेर माथि आएका थिए । दुर्घटनामा परेकामध्ये केहीको मात्रै शव फेला परेको थियो ।

त्यसपछि आइतबार बिहान बसको अवशेष फेला परेपछि उत्खननको सुरु गरिएको थियो । खोजी कार्यमा खटिएका प्रहरीका अनुसार उत्खनन् गर्दा गणपति डिलक्स लेखिएको भाग फेला परेको छ ।

बाटो नभएका कारण जेसिबी जान नसकेर प्रहरी र नेपाली सेनाले नै उत्खनन गरिरहेका छन् । जसकारण उत्खनन कार्यका ढिलाई भइरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077