Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सिमलताल बस दुर्घटना : १८ महिना अघि त्रिशूलीमा खसेको बसको अवशेष फेला

सिमलताल बस दुर्घटना : १८ महिना अघि त्रिशूलीमा खसेको बसको अवशेष फेला

आइतवार , पौष २७, २०८२

काठमाडौं । चितवनको सिमलताल नजिकै बस जस्तै सवारीको टुक्रा देखिएको छ । उक्त टुक्रा डेढ वर्ष अघि खसेको बसको हुनसक्ने आशंका गरिएको छ ।

सिमलतालबाट करिब २ सय मिटर तल पारिततर्फ बस जस्तै कुनै सवारीको टुक्रा देखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्लाबाट इन्स्पेक्टरको टोली घटनास्थल जान लागेको पनि प्रहरीले जनाएको छ ।

२८ असार २०८१ मा सिमलतालस्थित त्रिशूलीमा नदीमा दुई बस बेपत्ता भएका थिए ।

बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेको थियो ।

बसमा सवार केही यात्रुको शव भेटिएको थियो भने केही यात्रु वेपत्ता थिए । अहिले देखिएको बस जस्तै सवारी यसअघि बेपत्ता भएका बस हुन् कि भन्ने आशंका गरिएको छ ।

दुवै बसका ६५ यात्रु बससँगै नदीमै पुगे पनि गणपति यातायातको बसमा सवार तीन यात्रु भने पौडेर माथि आएका थिए । अरु सबै बससँगै बगेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077