Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पृथ्वी जयन्तीमा ओलीको सन्देश - ध्वंश, आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य गरौँ

पृथ्वी जयन्तीमा ओलीको सन्देश - ध्वंश, आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य गरौँ

आइतवार , पौष २७, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा ध्वंश, आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य गर्न आह्वान गरेका छन् ।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले रचना, निर्माण, विकास र संरक्षणको मनोबल बढाउनुपर्नेमा जोड दिएका हुन् ।

उनले सन्देशमा लेखेका छन्, 'आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस। ध्वंश, आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य गर्दै रचना, निर्माण, विकास र संरक्षणको मनोबल बढाऔँ। सबैलाई राष्ट्रिय एकता दिवसको शुभकामना ।'

आज ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ।

पृथ्वी नारायण शाहको योगदानको स्मरण गर्दै राष्ट्रिय एकता, सार्वभौमिकता र अखण्डताको सन्देश फैलाउने उद्देश्यले विभिन्न संघसंस्था तथा राजनीतिक दलहरूले कार्यक्रम आयोजना गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077