काठमाडौं । नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन पक्षधर समूहले पठाएको निमन्त्रणा अस्वीकार गरेका छन्।
नेता रामपल्टन शाह सभापति शेरबहादुर देउवालाई पत्र बुझाउन उनको निवास महाराजगञ्ज पुगेका थिए ।
त्यसपछि देउवाका स्वकीय सचिव भानु देउवाले लाज लाग्दैन भन्दै निमन्त्रणा अस्वीकार गरेका हुन्।
‘शाहले भने मैल विशेष महाधिवेशनको पत्र बुझाउन आएको भनेर जानकारी गराएपछि भानुले तपाईंलाई लाज लाग्दैन भन्दै पत्र मेरै गोजीमा हालेर बाहिर निस्कन भन्नुभयो
पक्षधर समूहले देउवालाई प्रमुख अतिथि र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशिष्ट अतिथिका रूपमा उपस्थित हुन आग्रह गर्दै निम्ता पठाएको थिए ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आइतबार र सोमबार काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन आह्वान गरिएको छ ।