काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको विशेष महाधिवेशनपछि जेनजी मुभमेन्टसँग मिलेर काम गर्ने बताएका छन् ।
शनिबार महामन्त्री थापाले एक भिडियो सन्देश जारी गर्दै यस्तो बताएका हुन् ।
उनले भनेका छन्- ‘केही दिनअघि जेनजी मुभमेन्टले उठाएका राष्ट्रिय महत्वका मुद्दाहरू, विशेष गरी राजनीतिक सुधार सम्बन्धी विषयमा चुनावअघि नै राष्ट्रिय स्तरमा संवाद र सहमति आवश्यक छ । हामीहरू मिलेर चुनावअघि नै जेनजी मुभमेन्टले उठाएका मुख्य मुद्दाहरूमा राष्ट्रिय स्तरको समझदारी र सहमति गर्न सक्छौँ ।’
महामन्त्री थापाले जेनजी मुभमेन्टले उठाएका मुख्य मुद्दाहरूमा राष्ट्रिय स्तरको समझदारी र सहमति गर्ने बताए ।
[video width="360" height="634" mp4="https://media.sobizcdn.com/onlinenepal.com/media-file/images/2026/01/AQPjoRx29CB5jvbqzwZMmYPuFryZ5JRhMC2s5kVe-NBajtz_XLeNQ2mEA5IcI_P_NDNOnNy1KfNWi32JKAJPEBzQXIFc25UbVVm6PLWMZw.mp4"][/video]