Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पार्टीका नेताहरुलाई ओलीको निर्देशनः निर्वाचन जतिबेला पनि हुनसक्छ, तयार रहनूस्

पार्टीका नेताहरुलाई ओलीको निर्देशनः निर्वाचन जतिबेला पनि हुनसक्छ, तयार रहनूस्

शनिवार , पौष २६, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा केन्द्रित हुन पार्टीका नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।

एमालेको शनिवार आयोजित केन्द्रीय कमिटीको बैठकमा उनले निर्वाचनको तयारी गर्न निर्देशन दिएका हुन्।

उनले निर्वाचनको वातावरण बनि नसकेको भए पनि निर्वाचन गर्नुपर्ने बताए। नेताहरूलाई विभिन्न लाञ्छना तथा आरोप लगाउने, फसाउन खोज्ने जस्ता प्रवृत्ति अझै रहेको उल्लेख गर्दै भयरहित निर्वाचनको वातावरण बनाउन सरकार असफल भएको आरोप लगाए।

अध्यक्ष ओलीले भने- ‘अहिले पनि निर्वाचनको वातावरण बनेको छैन। राजनीतिक दलका नेताहरूमाथि विभिन्न लाञ्छना लगाउने, आरोप लगाउने र फसाउने प्रयास जारी छ । यस्ता परिस्थितिमा भयरहित निर्वाचनको सुनिश्चितता सरकारले गर्न सकेको छैन ।’

उनले विभिन्न वाहानामा निर्वाचन सार्ने वातावरण भइरहेको बताउँदै फागुन २१ गते नै निर्वाचन गर्न पनि सरकारसँग आग्रह गरे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077