Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इरानमा सरकारविरुद्ध ३१ प्रान्तमा प्रदर्शन, इन्टरनेट बन्द

इरानमा सरकारविरुद्ध ३१ प्रान्तमा प्रदर्शन, इन्टरनेट बन्द

शनिवार , पौष २६, २०८२

एजेन्सी । इरानभर सरकारविरोधी प्रदर्शन तीव्र बन्दै देशव्यापी रूप लिएको छ । राजधानी तेहरानबाट सुरु भएको आन्दोलन १३ दिनदेखि निरन्तर जारी रहँदै ३१ वटै प्रान्तका १०० भन्दा बढी सहर र नगरमा फैलिएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार प्रदर्शनका क्रममा तेहरानका घोलहक र सादत अबाद क्षेत्रका थुप्रै भवनहरूमा आगलागी भएको छ। बीबीसी फारसीले प्रमाणित गरेको फुटेजमा ती क्षेत्रमा ठूला आगलागीका दृश्यहरू देखिएका छन्।

इरानी मुद्राको तीव्र अवमूल्यन र चर्किंदो आर्थिक संकटप्रति जनआक्रोशका कारण प्रदर्शन चर्किएको जनाइएको छ। अवस्थाको गम्भीरताका कारण टर्कीको राजधानी इस्तानबुलबाट तेहरान जाने उडानहरू रद्द गरिएका छन् भने तब्रिज र इस्फहानतर्फका केही उडानहरू डाइभर्ट गरिएको बीबीसी फारसीले जनाएको छ।

इरानका सर्वोच्च नेता अली खामेनीले प्रदर्शनकारीहरूलाई “दंगालु र बदमाशहरूको झुण्ड”को संज्ञा दिँदै उनीहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खुसी पार्न सडकमा उत्रिएको आरोप लगाएका छन्। उनले प्रदर्शनकारीहरूले सरकारी भवनहरूमा तोडफोड र आगजनी गरेको दाबी पनि गरेका छन्।

मानव अधिकार समूहहरूका अनुसार प्रदर्शनका क्रममा भएको हिंसामा हालसम्म कम्तिमा ४८ जना प्रदर्शनकारी र १४ जना सुरक्षाकर्मीको मृत्यु भइसकेको छ। बढ्दो अस्थिरताका कारण सरकारले देशभर इन्टरनेट सेवा बन्द गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077