Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसका २५ केन्द्रीय सदस्यहरूको सामुहिक अपिल: विशेष महाधिवेशनको मागलाई सम्मान गर्दै संवाद गर

कांग्रेसका २५ केन्द्रीय सदस्यहरूको सामुहिक अपिल: विशेष महाधिवेशनको मागलाई सम्मान गर्दै संवाद गर

शुक्रवार , पौष २५, २०८२

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशन माग गरेका प्रतिनिधिहरूको मतको सम्मान गर्दै नेतृत्व तहलाई संवादका लागि अपिल गरेका छन् ।

आज बिहान कुपण्डोलमा भएको छलफलपछि विज्ञप्ति जारी गर्दै २५ केन्द्रीय सदस्यहरूको समुहले सामुहिक अपिल गरेको हो ।

उनीहरूले प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै परिवर्तन र रूपान्तरणका मुद्दालाई अंगाल्दै नयाँ सोच र दृष्टिकोणका साथ निर्वाचनमा जानुपर्ने अवस्था रहेको विज्ञप्तिमार्फत स्मरण गराएका छन् ।

‘नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गरी लिखित निवेदन दर्ता गरिसकेको अवस्था छ । अतः माग गर्ने प्रतिनिधिहरूको मतको सम्मान गर्दै आगामी निर्वाचनलाई मध्यनजर गरी नयाँ ऊर्जा र सोचका साथ निर्वाचनमा होमिन संवाद र सहमति गरी बृहत् एकताबद्ध भई कांग्रेसको पक्षमा परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्व तहलाई हार्दिक अपिल गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

निर्वाचनअगावै नियमित महाधिवेशन हुनुपर्ने ‘लबिङ’ गरेको यो समूहले पुस २२ गते पनि नेता डा। शेखर कोइरालासँग छलफल गरेको थियो । यसअघि पुस १८ गते सभापति शेरबहादुर देउवालाई भेटेको थियो । सोही दिन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि छलफल गरेको यो समूह १५ औं निर्वाचनअगावै हुनुपर्ने पक्षमा उभिएको थियो।

आगामी पुस २७ र २८ गते काठमाडौंमा गर्ने गरी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका छन् ।

पुस २७ र २८ गते भृकुटी मण्डप हुने विशेष महाधिवेशनको तयारी धमाधम भइरहेको छ । जसका लागि लागि ठमेल, नक्साल, सुन्धारा र एयरपोर्टका होटेलहरूमा १५ सयवटा कोठा बूक गरिएका छन् ।

साथै व्यवस्थापन, जनपरिचालन, मञ्च व्यवस्थापन, आवास तथा खाना व्यवस्थापन, जेनजी युवा परिचालन लगायतका विभिन्न १८ वटा उपसमिति समेत गठन गरिएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077