काठमाडौं । मन्त्रीबाट राजीनामा दिएका कुलमान घिसिङले हालसम्म आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नभएको दाबी गरेका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन भएको नागरिक सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका घिसिङले उज्यालो नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच भएको पार्टी एकताको सहमति भए तापनि आफूले सदस्यता नलिएको दाबी गरेका हुन् ।
'प्रधानमन्त्रीको अनुरोध र जेनजी आन्दोलनको म्यान्डेट अनुसार मैले मन्त्री पद स्वीकार गरेको थिएँ। यो अवधिमा मैले इमान्दारीपूर्वक देशका लागि काम गरेको छु। यस अवसरका लागि प्रधानमन्त्री कार्की र जेन–जीप्रति धन्यवाद व्यक्त गर्दछु,' घिसिङले भने ।
उनले आफ्नो राजीनामा कुनै पनि हालतमा भाग्ने वा जिम्मेवारीबाट पन्छिने निर्णय नभएको स्पष्ट पारे। 'मैले लिएको निर्णय जनताप्रतिको प्रतिबद्धताका कारण हो,' उनले भने।