काठमाडौं । मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले कुर्सीभन्दा माथि आत्मसम्मान र पदभन्दा ठूलो सिद्धान्त हुने बताएका छन् ।
सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले आफ्नो राजीनामा कुनै पनि हालतमा भाग्ने वा जिम्मेवारीबाट पन्छिने निर्णय नभएको दाबी गरेका हुन् ।
'म मान्छु पदभन्दा ठूलो मूल्य हुन्छ— सिद्धान्त,' उनले भने, 'कुर्सीभन्दा माथि आत्मसम्मान हुन्छ र सरकारभन्दा ठूलो जनता हुन्छ।'
घिसिङले आफूले दिएको राजीनामालाई आत्मसम्मान, नैतिकता र जनताप्रतिको प्रतिबद्धताको निरन्तरताका रूपमा व्याख्या गरे।
'मैले दिएको राजीनामाको निर्णय न भाग्ने हो, न जिम्मेवारीबाट विमुख हुने प्रयास,'उनले भने,'यो मेरो आत्मसम्मान, नैतिकता, सिद्धान्त र जनताप्रतिको प्रतिबद्धताको निरन्तरता हो।'