Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दै

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दै

बुधवार , पौष २३, २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दैछ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले बोलाइएको हो । कांग्रेसको कार्य सम्पादन समितिको बैठक हिजो पनि बसेको थियो।

बैठकमा पार्टी महाधिवेशन विवादबारे नेताहरूले धारणा राख्ने क्रम जारी छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको खेमाले विशेष महाधिवेशनको तयारी अघि बढाएपछि कांग्रेसमा विवाद चुलिएको छ।

महामन्त्रीद्वयको कदमप्रति संस्थापन पक्षले आपत्ति जनाउँदै आएको छ। मंगलबारको बैठकमा महामन्त्री थापा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर र जीवन परियारले आफ्नो धारणा राखेका छन्।

आज पनि बाँकी नेताले आआफ्नो धारणा राख्ने कार्यक्रम छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077