Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रियसभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसको निर्णय

राष्ट्रियसभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसको निर्णय

मंगलवार , पौष २२, २०८२

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो ।

बैठकले माघ ११ गते आइतबारका दिन हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गरी निर्वाचनमा जाने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

तालमेलपछि क्लष्टरसहित उम्मेदवारको चयन बुधबार बस्ने बैठकले तय गर्नेछ ।

बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर र जीवन परियारले आफ्नो धारणा राखेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077