काठमाडौं । गैरीगाउँस्थित काठ गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ ।
आज गैरीगाउँस्थित ईश्वरबहादुर कार्कीले सञ्चालन गर्दै काठको गोदाममा भीषण आगलागी भएको थियो ।
उक्त आगलागी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासपछि नियन्त्रणमा आएको हो ।
आगलागी ११ वटा दमकलसहित तीनवटा पानी ट्यांकर प्रयोग गरी २ घण्टापछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।
आगलागीबाट निस्किएको धुवाँको असर विमानस्थलसम्म फैलिएपछि तत्काल आन्तरिक र बाह्यतर्फका सबै उडान र अवतरण समेत स्थगित गरिएका थिए ।
आगलागीबाट एक स्कुलको भवन र केही घरमा पनि क्षति पुगेको छ भने गोदाम भएको क्षतिको विवरण आउन बाँकी छ ।