Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गैरीगाउँको काठ गोदाममा भीषण आगलागी, विमानस्थलसम्म असर

गैरीगाउँको काठ गोदाममा भीषण आगलागी, विमानस्थलसम्म असर

मंगलवार , पौष २२, २०८२

काठमाडौं । काठमाडौंको गैरीगाउँमा भीषण आगलागी भएको छ।

मंगलबार गैरीगाउँस्थित काठको गोदाममा भीषण आगलागी भएको हो ।

अहिले नेपाल प्रहरी, महानगर प्रहरी लगायतले दमकलको सहायतामा आगलागी नियन्त्रणको प्रयास जारी रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार अहिले ४ वटा दमकल पठाइएको छ भने ललितपुरको दमकल पनि मगाइएको छ ।

आगलागीबाट निस्किएको धुवाँको असर विमानस्थलसम्म फैलिएपछि तत्काल आन्तरिक र बाह्यतर्फका सबै उडान र अवतरण स्थगित गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण प्राप्त हुन बाँकी छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077