Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

दुहबीको जुट मिलमा भीषण आगलागी, निभाउन ८ वटा दमकल परिचालन

दुहबीको जुट मिलमा भीषण आगलागी, निभाउन ८ वटा दमकल परिचालन

शनिवार , मंसिर ६, २०८२

सुनसरी । सुनसरीको दुहबी नगरपालिका–८ सोनापुरस्थित जुट मिलमा आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार राजकुमार गोल्छाले सञ्चालन गर्दै आएका उक्त जुट मिलमा आज दिउँसो करिब ४ः३५ बजे लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन नसकेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काले भने, 'धागो भएकाले सजिलै सल्किने सामग्री अधिक मात्रामा रहेकाले आगो भित्री भागबाट तीव्र रूपमा फैलिएको छ, जसले नियन्त्रणमा कठिनाइ भएको हो।'

आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीका करिब १५–२० जना प्रहरीका साथै विराटनगर, दुहबी, देवाङ्गञ्ज, रामधुनी, सुन्दरहरैचा, बराहक्षेत्र र धरानबाट गरी आठवटा दमकल परिचालन गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077