काठमाडौं। नेपाली कांग्रेस मुख्यालयबाहिर प्रदर्शनरत कार्यकर्ताले नेताहरूलाई कार्यालय प्रवेश गर्न अवरोध गरेका छन्।
उनीहरुले पार्टीलाई बन्दी बनाउन नहुने भन्दै नारावाजी समेत गरेका छन् ।
यसैक्रममा नेता विमलेन्द्र निधि र कार्यालयमा प्रदर्शनरत समूहबीच चर्काचर्की भएको थियो ।
पार्टी केन्द्रीय कार्यालय घेराउका लागि पुगेका विशेष पक्षधर केही कार्यकर्ताहरूले नेता निधि लिंक रोडबाट भित्रिने क्रममा क्रममा अवरोध पुर्याएका थिए ।
आज बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकका लागि नेताहरू वैकल्पिक गेटबाट पार्टी कार्यालय प्रवेश गरका थिए।
