काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङ ऊर्जामन्त्री कुलमान घिसिङमाथि खनिएकी छन् । घिसिङले नाताले आफ्नो भाञ्जा र ससुरा पर्ने व्यक्तिको नाम समानुपातिक सूचिबाट फिर्ता लिन नमानेपछि तामाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता घिसिङमाथि कटाक्ष गरेकी हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा घिसिङले ससुरा बा र भाञ्जाको नाम फिर्ता लिन नमानेको भन्दै आफ्नै रगतको भाइको ससुरा आफ्नै ससुरा हो कि होइन भन्दै प्रश्न समेत गरेकी छन् ।
उनले भनेकी छन्–‘भनेपछि ससुरा बा र भान्जाले नाम फिर्ता लिन मानेनन्, आफ्नै रगतको भाइको ससुरा आफ्नै ससुरा होकी होइन ? अनि नाताले आफ्नो भाञ्जा पर्ने आफ्नो नातेदार हो की होइन ?’
कुलमानले आफू संरक्षक रहेको तर रास्वपामा विलय भएको उज्यालो नेपाल पार्टीको समानुपातिक सूचीमा भाञ्जादेखि ससुरासम्मको नाम राखेको भन्दै चौतर्फी विरोध जारी रहेको छ ।
चर्को आलोचनापछि कुलमानले सार्बजनिक रुपमा भने ससुरा र भाञ्जालाई सिफारिस नगरेको बताइसकेका छन् । यद्यपी उनले पार्टी बैठकमा भने गल्ति भएको र सूची सच्याउने बताएका थिए ।