Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दोस्रो आईजीपी नेशनल तेक्वान्डो प्रतियोगिता समापन

दोस्रो आईजीपी नेशनल तेक्वान्डो प्रतियोगिता समापन

सोमवार , पौष २१, २०८२

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यमा सोमबार नेपाल पुलिस स्कुल सामाखुसीमा सञ्चालित दोस्रो आइजीपी नेशनल तेक्वान्डो प्रतियोगिता–२०८२ सफलतापूर्वक सम्पन्न भएको छ ।

समापन कार्यक्रममा आईजीपी कार्कीले प्रतियोगिताका विभिन्न विधामा विजयी खेलाडीहरूलाई पदक, प्रमाणपत्र तथा ट्रफी प्रदान गरेका हुन् । साथै उनले विद्यालयमा उत्कृष्ट कार्य गर्ने शिक्षकहरू तथा प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र प्रदान गरे ।

सो अवसरमा आइजीपी कार्कीले विजयी खेलाडीहरूलाई बधाई दिँदै उज्वल खेल जीवनको कामना गरे । उनले प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्नो सीप प्रदर्शन गर्ने, आत्मविश्वास विकास गर्ने तथा किताबी ज्ञानसँगै खेलमार्फत जीवनका अमूल्य पाठहरू सिक्ने अवसर दिएको उल्लेख गरे ।

उनले प्रतियोगितामा खेलाडीहरूले देखाएको सक्रिय सहभागिता, प्रयास र लगनशीलताको उच्च प्रशंसा गर्दै यसले विद्यालयस्तरको तेक्वान्डो खेलको विकास, नवप्रतिभाको पहिचान र विद्यार्थीहरूमा खेलकुद संस्कृतिको प्रवर्धन गर्न महत्वपूर्ण योगदान दिएको बताए ।

आईजीपी कार्कीले विद्यालयको चौतर्फी विकास र विद्यार्थीहरूको वृहत्तर हितका लागि नेपाल प्रहरी प्रधान कार्यालय सदैव गम्भीर र प्रतिबद्ध रहेको उल्लेख गर्दै विद्यालय व्यवस्थापन समिति, शिक्षक–शिक्षिका र अभिभावकबीचको सहकार्य अपरिहार्य रहेकोमा जोड दिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी नायव महानिरीक्षक ओमप्रसाद अधिकारीले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए भने नेपाल पुलिस स्कुल सामाखुसीका प्राचार्य रामप्रसाद भुसालले स्वागत मन्तव्यसहित प्रतियोगितासम्बन्धी प्रतिवेदन प्रस्तुत गरे ।

उक्त प्रतियोगितामा नेपाल पुलिस स्कुल सामाखुसी, काभ्रे, धरान, सशस्त्र प्रहरी स्कुल कीर्तिपुरलगायत ४५ विद्यालय/डोजाङका करिब ६ सय तेक्वान्डो खेलाडीहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077