Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विशेष महाधिवेशन निष्क्रिय भएको भन्दै कांग्रेसको परिपत्र

विशेष महाधिवेशन निष्क्रिय भएको भन्दै कांग्रेसको परिपत्र

सोमवार , पौष २१, २०८२

काठमाडौं । नेपाली काँग्रेसले विशेष महाधिवेशन निष्क्रिय भएको भन्दै मातहतका निकायलाई परिपत्र गरेको छ ।

नियमित महाधिवेशन वैशाखमा हुने जानकारीसहित काँग्रेसले परिपत्र मातहतका तल्ला निकायमा पठाएको हो ।

पुस १८ गतेको कार्यसम्पादन समितिको निर्णयअनुसार भनेर १९ गतेको मिति भएको परिपत्र काँग्रेसले आज आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको परिपत्रमा फागुन २१ गतेको चुनाव सफल बनाई पार्टीका पक्षमा बहुमत ल्याउनका लागि हरेक क्षेत्रबाट क्रियाशीलता देखाउन अपिल गरेको छ ।

पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको परिपत्रमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई सफल बनाएर पार्टीलाई बहुमत ल्याउन सबै क्रियाशील हुन भनिएको छ ।

माघ ३ भित्र सदस्यता शुल्कसहित केन्द्रमा सदस्यता बुझाइसक्ने भनिएको परिपत्रमा विशेष महाधिवेशनका पक्षमा रहेको महाधिवेशन प्रतिनिधिलाई विशेष महाधिवेशनको प्रस्ताव मंसिर १५मा स्वतः रद्ध भएको भनिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077